टाटा मोटर्सले तीन वटा नयाँ विद्युतीय (ईभी ) एसयूभी सार्वजनिक
काठमाडौं । टाटा मोटर्सले तीन वटा नयाँ विद्युतीय (ईभी )एसयूभी सार्वजनिक गरेको छ । भारतीय अटोमोटिभ कम्पनीले शुक्रबार भारत अटोमोबिलिटी ग्लोबल एक्स्पो, २०२५ मा कम्पनीले नयाँ ईभी एसयूभी सार्वजनिक गरेको हो । यीमध्ये सियारा सन् १९९१ मा सार्वजनिक भएको टाटाको पहिलो एसयूभीकै नामबाट हाल नयाँ ईभीका रूपमा सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।
यस्तै, कम्पनीले हेरियर ईभी र अभिन्या एक्स ईभी पनि सार्वजनिक गरेको छ । टाटाले कर्भ डट ईभी पनि प्रदर्शनीमा राखेको छ । कम्पनीले तीन ओटा मिनी ट्रक, दुई पिकअप र तीन विद्युतीय बस पनि सार्वजनिक गरेको छ । भारतीय बजारमा उपलब्ध भएपछि यी गाडी नेपाली बजारमा पनि भित्र्याइने अपेक्षा गरिएको छ।