गाजामा इजरायल र हमासबिच युद्धविराम

काठमाडौँ । गाजामा इजरायल र हमासबिच युद्धविराम भएको छ । युद्धविराम सम्झौता अन्तर्गत रिहा गर्ने तीन महिला बन्दीको नाम प्यालेष्टिनी सशस्त्र समूह हमासले सार्वजनिक गरेसँगै युद्धविराम लागू भएको हो ।

यसअघि हमासले सम्झौताअन्तर्गत रिहा गर्ने तीन जना महिला बन्दीको नाम सार्वजनिक नगर्दासम्म युद्धविराम लागू नगर्न इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इजरायले रक्षा बललाई आदेश दिएका थिए । स्थानीय समयअनुसार बिहान ११ः१५ मा युद्धविराम लागू भएको छ । यससँगै १५ महिनापछि जारी युद्ध अन्त्य भएको छ । तीन चरणमा सम्पन्न गरिने भनिएको सम्झौताको पहिलो चरण आजबाट सुरु भएको हो । सम्झौताअनुसार हमासले ३३ युद्धबन्दीको रिहाइ गर्ने सूची इजरायललाई बुझाइसकेको छ । यसको सट्टामा इजरायलले १९ सय प्यालिस्टिनी बन्दी र कैदीहरू रिहा गर्ने सम्झौतामा उल्लेख छ ।

युद्धविराम लागू भएपछि इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री बेन–गिभिरले राजीनामा दिएका छन् । प्रधानमन्त्री नेतन्याहुको नाममा लेखेको राजीनामा पत्रमा उनले सरकार ढलाउन कुनै काम नगर्ने तर युद्धविराम आतंकवादीहहरूको लागि पूर्ण जित भएको बताएका थिए ।

हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरेर १२ सयभन्दा बढीको हत्यागरेसँगै युद्ध चर्किएको थियो । युद्धका क्रममा ४८ हजारभन्दा बढी प्यालिस्टिनीको ज्यान गइसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *