एनएमबि बैंकको नाफा २ अर्ब ३५ लाख

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म नाफा ४५.६१ प्रतिशतले बढाएर २ अर्ब ३५ लाख रुपैयाँ पुर्याएको छ । यस्तो नाफा गत आवको सोही अवधिमा १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ थियो । बैंकको इम्पेरमेन्ट चार्ज ९५ करोड ७६ लाख रुपैयाँबाट घटेर ३४ करोड ४७ लाख रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ रहेको छ । १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ६९ करोड रुपैयाँ छ ।

बैंकले २ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रति सेयर आम्दानी ६ रुपैयाँ ८४ पैसाबाट बढेर २१ रुपैयाँ ८२ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा छ । बैंकको खराब कर्जा ३.९६ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा २.८६ प्रतिशत थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *