काठमाडौंको थलीमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–५ थली हरीयाली नगरमा आज बिहान ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ घर भइ काठमाण्डौ थली बस्ने अन्दाजी ६० वर्षीय नर बहादुर खड्का रहेका छन् । 

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा नारायणटार स्थित शंखरापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बा ४ ख ५००५ नम्बरको पानी ट्याङकरले आज बिहान सवा ८ बजे पैदल हिडिरहेका उनलाई ठक्कर दिएको थियो । ट्याङकर सहित चालकलाई प्रहरी बृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *