माओवादी केन्द्रद्वारा संसदीय दलको बैठक आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक बिहीबार दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा संसदमा उपस्थिति, सरकारले ल्याएको अध्यादेश, पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम लगाएत विषयमा छलफल हुने बताइएको छ । बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराउनेछ ।

सरकारबाट बाहिरिएपछि संसदमा माओवादी आक्रामक रूपमा प्रस्तुत हुँदै आएको छ । संसदको हिउँदे अधिवेशन आगामी शुक्रबारबाट सुरु हुँदैछ । माओवादीको नेतृत्वमा विपक्षी दलहरूले मोर्चाबन्दी गरेर नै सरकारमाथि दबाब बढाउने तयारी गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *