नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित
काठमाडौँ । त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको छ ।
आज भएको खेलमा नेदरल्यान्ड्सले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रनमात्र बनाउन सक्यो । नेपालकी कप्तान इन्दु बर्माले सर्बाधिक ३० रन, त्यस्तै सम्झना खड्काले २३ रन बनाइन् । नेदरल्यान्ड्सकी आइरिस ज्विलिंग र क्यारोलिन डी लांगेले २-२ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । नेदरल्यान्ड्सकी कप्तान बबेते डी लीडेले ४१ रन बनाइन् । नेपालकी सीता राना मगरले ५ विकेट लिइन् ।
















