साताको पहिलो कारोबारको दिन आज ६९।८० अंकले बढ्यो सेयर बजार
काठमाडौँ । साताको पहिलो दिन आज आइतबार सेयर बजार ६९.८० अंकले बढेको छ ।
ठुलो अंकको वृद्धिपछि नेप्से परिसूचक २७२७ मा कायम भएको छ । आज कारोबार रकम पनि उच्च देखिएको छ । गत साता बजार बन्द हुँदाको दिन ९ अर्ब ४० करोडको कारोबार भएकोमा आज १२ अर्ब ९५ करोडको भएको छ । आज कारोबार खुलेदेखि नै बजार निरन्तर उकालो लागेको थियो ।
आज २०२ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ३ को स्थिर रह्यो । सबै सेक्टरका सूचक बढेका छन् । माइक्रोफाइनान्स सबैभन्दा धेरै ४.९२ प्रतिशत बढ्यो । बैंकिङ २.५२, विकास बैंक ३.१५, फाइनान्स १.२९, होटेल तथा पर्यटन १.८२, हाइड्रोपावर १.४१, लगानी ३.३८, जीवन बीमा २.४३, उत्पादन तथा प्रशोधन ३.०७, निर्जीवन बीमा ३.७१, अन्य २.६३ र व्यापार समूह १.३१ प्रतिशत बढेका छन् ।
















