महिला यू-१९ टी-२० विश्वकपको उपाधि भारतलाई
काठमाडौँ । भारतले महिला यू-१९ टी-२० विश्वकपको उपाधि जितेको छ ।
मलेसियाको क्वालालम्पुरमा खेलिएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई हराउँदै भारत च्याम्पियन बनेको हो । दक्षिण अफ्रिकाले दिएको ८३ रनको लक्ष्य पछाएको भारतीय टिमले ११.२ ओभरमा एक विकेट गुमाउँदै यो लक्ष्य हासिल गरेको हो ।
यस अघि पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले २० ओभरमा अल आउट हुदै ८२ रन मात्र बनाएको थियो । यस विश्वकपमा नेपाल समुह चरणबाट पराजित भएको थियो ।
















