अध्यादेशमा सकारात्मक कुरा भएपनि नियत, प्रक्रिया विधिमा त्रुटि छ- सांसद शर्मा

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले अध्यादेशभित्र सकारात्मक कुरा हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिमा त्रुटि रहेको बताएका छन् ।

आइतबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । सरकारले अध्यादेश तत्काल फिर्ता लिनुपर्ने बताउँदै उनले अध्यादेशहरू सकारात्मक रहेको भए पनि सकारात्मकताभित्र खतरनाक कुराहरू समावेश रहेको बताए । ‘यो अध्यादेशहरूभित्र कतिपय सकारात्मक कानुन हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिका हिसाबले यो गलत छ । सरकारले यो फिर्ता लिनुपर्छ,’ उनले भने, ‘यो अध्यादेशभित्रका कानुनहरू सकारात्मक छन् । ती सकारात्मक कुराले खतरनाक कुरालाई ढाकछोप गरेका छन् ।’ कुसुमवासीहरूलाई जग्गा दिने कुरा सकारात्मक रहेको भए पनि हदबन्दी फुकुवा गर्ने कुरा डरलाग्दो रहेको बताए ।

‘भूमि सम्बन्धीको कुरा कुसुमवासीहरूलाई जग्गा दिने कुरा ल्याइएको छ । सकारात्मक कुरा हो । तर हदबन्दी एक ढंगले फुकुवा गरेर जुन हिसाबले सुकुम्वासीलाई जग्गा दिने कुरा उठाइएको छ,’ उनले भने, ‘साथै हदबन्दी फुकुवा गर्ने कुरा जे उठाइएको छ, त्यसले भू-माफियाहरूको हातमा यो सरकार गएको त होइन भन्ने प्रश्न उठाउन सकिन्छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *