नेपाली बजारमा सुनको मूल्य आजपनि स्थिर

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

आज सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला एक हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य सोमबार तोलामा १५ रुपैयाँ घटेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *