सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा दर्ता हुन दोस्रो पटक सरकारको आग्रह

काठमाडौं । सरकारले सामाजिक सञ्जाल ‘प्लेटफर्म कम्पनी’ हरूलाई नेपालमा दर्ता हुनका लागि आग्रह गरेको छ ।

आज (सोमबार) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना जारी गर्दै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा दर्ता हुन दोस्रो पटक आग्रह गरेको हो । मन्त्रालयले जारी गरेको सूचनामा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्न र सम्पर्क व्यक्ति तोक्न भनिएको छ । यसअघि पनि सरकारले फेसबुक, एक्स, टिकटक, लिंक्डइनलगायतका सामाजिक सञ्जाललाई ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ को प्रावधानहरूअनुरुप सूचीकृत हुन आग्रह गरेको थियो ।

मन्त्रालयको सूचनामा सामाजिक सञ्जालको दर्ता, नियमन र निगरानीसम्बन्धी प्रावधानहरू समावेश छन् । मन्त्रालयका अनुसार ‘यो कदमले अनलाइन प्लेटफर्महरूको जिम्मेवारी बढाउने र डिजिटल स्पेसलाई सुरक्षित तथा मर्यादित बनाउन मद्दत’ गर्नेछ । सरकारको सूचनामा सामाजिक सञ्जालय नियमन निर्देशिकाअनुसार दर्ता नहुने कम्पनीलाई मन्त्रालयले प्रतिबन्ध लगाउन सक्ने पनि बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *