रविका एक र पीडितका तीन वकिलले बहस गर्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा चितवन जिल्ला अदालतमा परेको मुद्दामा आज पनि बहस हुने भएको छ । बुधबारबाट सुरु भएको बहसले आज पनि निरन्तरता पाउने भएको हो । आज लामिछानेका तर्फबाट एक र पीडितका तर्फबाट तीनजनाले बहस गर्नेछन् ।
बुधबार सरकारी वलिकका तर्फबाट पाँच र लामिछानेका तर्फबाट एकजना वकिलले बहस गरेका थिए । लामिछाने प्रहरी हिरासतमा छन् । बिहीबार बिहान १० बजे उपस्थित गराउनेगरी लामिछानेलाई प्रहरीको जिम्मा लगाउन बुधबार न्यायाधीश दयाराम ढकालको इजलासले आदेश गरेको दिएको थियो । लामिछानेविरुद्ध सहकारी ठगीमा चितवन जिल्ला अदालतमा मंगलबार मुद्दा दायर भएको थियो ।