प्रभु शाहको आरोप- बालेनको गुण्डागर्दी रोक्न सरकारले सकेन
काठमाडौँ । आम जनता पार्टीका सांसद तथा पूर्व मन्त्री प्रभु शाहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको गुण्डागर्दी रोक्न सरकार असक्षम भएको आरोप लगाएका छन् ।
बालेनले काठमाडौँमा कार्यरत कवाडी मजदुर तथा व्यवसायीमाथि आक्रमण गरेको भन्दै पटक-पटक विरोध गर्दै आएका शाहले आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै महानगरको गुण्डागर्दी रोक्न माग गरे । सांसद साहले टेकुको कवाडमा काम गर्ने मजदूरमाथि महानगर प्रहरीको जत्थाले आक्रमण गरेर गम्भीर घाइते बनाएको भन्दै अदालतको आदेश विपरीत पटक पटक गुण्डागर्दी गरिएको बताए । उनले महानगरपालिकाको कानूनविपरितको गुण्डागर्दी रोक्न सरकार किन सक्षम छैन भनी प्रश्नसमेत गरे ।
आइतबार कवाडी खाली गर्ने क्रममा भएको झडपमा महानगर प्रहरीको लाठी चार्ज र आक्रमणमा परेर ४ जना श्रमिक घाइते भएका थिए ।