नेपाल इन्भेस्टमेण्ट मेगा बैंकको खुशीबु शाखा स्थानान्तरण
काठमाडौं । नेपाल इन्भेस्टमेण्ट मेगा बैंक लिमिटेडको खुशीबु शाखा स्थानान्तरण गरिएको छ । काठमाडौं महानगरपालिका १७ खुशीबुमा रहेको शाखा कार्यालय सोही वडा अन्तर्गत पर्ने करिब ९० मिटर पश्चिममा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।
स्थानान्तरण भएको शाखाले आइतबारदेखि नै बैंकिङ सेवा दिन थालेको बैंकले जनाएको छ । स्थानान्तरण भएको शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले गरे ।