बीवाईडीद्वारा डिपाईलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम सार्वजनिक

काठमाण्डौं । बीवाईडीले आफ्नो मुख्यालय सेनझेनमा डिपाईलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम सार्वजनिक गरेको छ। डिपाईलट ६ सय, डिपाईलट ३ सय र डिपाईलट १ सय संस्करणहरूको यो प्रणालीले स्मार्ट ड्राइभिङ प्रविधि सबै ग्राहकहरूको लागि उपलब्ध गराउँने कम्पनीले जनाएको छ। बीवाईडीले यस प्रविधिलाई आफ्ना सबै मोडलमा बिना कुनै अतिरिक्त शुल्क उपलब्ध गराउने घोषणा गरेको छ।

कम्पनीका अनुसार यो प्रणालीले अत्याधुनिक लिडार र क्यामेरा सेन्सरहरूको उपयोग गरेर स्वचालित नेभिगेसन, लेन परिवर्तन, स्वतः पार्किङ, र हाई स्पीड ड्राइभिङ जस्ता सुविधाहरू उपलब्ध गराउँछ। डिपाईलट १०० प्रणालीले १ हजार किलोमिटर सम्मको यात्रा स्वचालित रूपमा पूरा गर्न सक्छ र यसको आपतकालीन ब्रेकिङ प्रणालीले १०० किमि प्रति घण्टामा पनि गाडीलाई रोक्न सक्छ।

सिस्टमको विकासमा बीवाईडीका ५ हजार इन्जिनियरहरूको टोली काम गर्दै आएको छ, र यसको प्रभावकारी प्रविधि ४४ लाख गाडीहरूमा जडान गरिएको छ। बीवाईडीका सीईओ वाङ छुवान्फुले यस प्रणालीलाई सबैका लागि पहुँच योग्य बनाउनु महत्त्वपूर्ण भएको बताएका छन्। कम्पनीले सुरक्षित र स्मार्ट ड्राइभिङ अनुभव प्रदान गर्दै, भविष्यको यातायात समाधानको दिशामा अग्रसर रहेको कम्पनीले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *