सत्तारुढ दलहरूको बैठक बस्दै
काठमाडौं । सत्तारुढ दलहरूको बैठक आज बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बैठक बस्न लागेको छ । संसद्को जारी अधिवेशन, विकसित पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा अध्यादेश र संविधान संशोधनका विषयमा पनि छलफल हुनेछ । आजको बैठकमा संविधान संशोधनका लागि कार्यदल बनाउने विषयमा पनि छलफल हुनेछ । बैठकमा सत्तासाझेदार दलका शीर्ष नेताहरू सहभागी हुने बताइएको छ ।