नेशनल लाइफका १०० अभिकर्तालाई सम्मान

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवनस्थित होटल सोल्टी वेस्टेन्डमा ‘एमडीआरटी’ सम्मान तथा तालिम कार्यक्रम आयोजना गरेको छ । अभिकर्ताको अन्तर्राष्ट्रिय फोरम एमडीआरटीले ‘एमडीआरटी २०२५’ मा छनोट हुन तोकेको बीमा शुल्क संकलन गरी नेपालभरिबाट छनोट भएका १ सयजना एमडीआरटी अभिकर्तालाई सम्मान गरेको छ । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यास सुरु गरेको बताए ।

उनले अभिकर्ता सञ्जालको व्यावसायीकरणलाई सधैं उच्च स्थानमा राख्दै विविध मासिक र वार्षिक प्रोत्साहन योजना पेस गर्दै आएकोमा आगामी दिनमा कम्पनीले यसमा यथासम्भव लगानी गरिरहने जानकारी दिए । कम्पनीका अनुसार एमडीआरटी २०२५ मा तोकिएको करिब ४७ लाख देखि ३ करोडसम्मको बीमा शुल्क संकलन गरी ९४ जनाले एमडीआरटी, तीन जनाले सीओटी र दुई जनाले टीओटी तथा लक्ष्य हासिल गर्न सफल सबै १ सय अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो । त्यस्तै निरन्तर ५१ दिनसम्म ५१ बीमालेख जारी गर्न सफल एमडीआरटी अभिकर्ता रुपक पराजुली र सबैभन्दा बढी एमडीआरटी अभिकर्ता उत्पादन गर्न सफल कलंकी शाखालाई पनि सम्मान गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *