नेपाली कांग्रेसका सभापति देउवा भारत जादै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छ्न ।

भारतको प्रयागराजमा चलिरहेको कुम्भ मेलामा सहभागी हुन देउवा विहिबार त्यसतर्फ जान लागेका हुन् । इण्डिया फाउण्डेसनले प्रयागराजमा शुक्रबार र शनिबार आयोजना गरेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा भारत जान लागेका हुन् ।  उक्त कार्यक्रममा युपीका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी हुँदैछन् । ४५ दिन चलेर १४ फागुनमा कुम्भ मेला सकिँदैछ । 

प्रयागराजबाट देउवा नयाँदिल्ली जाने नजाने बारे भने स्पष्ट भएको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *