सहारा नेपाल साकोसको संस्थागत पुँजी ७.३७ प्रतिशत

झापा । नेपालको सबैभन्दा धेरै सदस्य संख्या रहेको ठूलो सहकारी संस्था सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १७ अर्ब ६७ करोड ६ लाख ४९ हजार ७ सय रुपैयाँ पुगेको छ । झापाको बिर्तामोडमा २, चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपालको संस्थागत पुँजी ७.३७ प्रतिशत रहेको छ । कुनै पनि सहकारी बलियोपनको आधार भनेको संस्थागत पुँजीले हुने हो । संस्थागत पुँजी ५ प्रतिशत भन्दा माथी हुनु भनेको राम्रो मानिन्छ ।

संस्थाले प्रकाशन गरेको २०८१ माघ मसान्तसम्मको अपरिष्कृत विवरण अनुसार संस्थाको सेयर पुँजी १ अर्ब ७० करोड, जगेडा कोष १ अर्ब २६ करोड, कुल संस्थागत पुँजी १ अर्ब ३० करोड, विभिन्न कोषमा १ अर्ब २२ करोड, कुल बचत १३ अर्ब ६४ करोड र लगानी ११ अर्ब २६ करोड रहेको छ । संस्थाले ७६ करोड रुपैयाँ अल्पकालिन लगानी गरेको छ । संस्थासँग ४ अर्ब २४ करोड रुपैयाँ तरलता (३१.११ प्रतिशत) तरलता रहेको छ। संस्थामा १ लाख ८८ हजार ९२ जना सदस्य छन् । त्यस्तै ७० हजार २ सय ९७ जनाले कर्जा उपभोग गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *