‘हाइलाइफसँग रूपान्तरण अभियान’ सुरु

काठमाडौं । एफएमसिजी ब्रान्ड हाइलाइफ फुड्सले नयाँ वर्ष २०२५ देखि रोमाञ्चक अभियान ल्याएको छ । कम्पनीले स्वस्थ जीवनशैली सुरु गर्ने अठोट र संकल्प लिएका सबैलाई प्रोत्साहित गर्दै ‘ट्रान्सफर्म विथ हाइलाइफ’ नामक रोमाञ्चक अभियान ल्याएको हो । उक्त अभियानमा सहभागीहरूलाई आफ्ना नयाँ वर्ष २०२५ का संकल्पहरूलाई निरन्तरता दिन मात्र होइन, आकर्षक उपहारहरू तथा हाइलाइफका स्वास्थ्यकर सामग्रीहरू जित्ने अवसर समेत प्रदान गरिनेछ । स्वस्थ जीवनशैली र पौष्टिक आहारलाई प्रोत्साहन गर्दै हाइलाइफले द्विसाप्ताहिक चुनौतीहरू प्रस्तुत गरेको छ ।

जसमा फिटनेस, सन्तुलित आहार तथा पौष्टिक जीवनशैलीसँग सम्बन्धित विभिन्न गतिविधिहरू समावेश रहनेछन् । पुसअप च्यालेन्ज, हेल्दी ब्रेकफास्ट च्यालेन्ज जस्ता अन्य चुनौतीहरूको साथमा हाइलाइफले उपहारहरु पनि ल्याउने गरेको छ । हाइलाइफको ‘ट्रान्सफर्म विथ हाइलाइफ’ अभियानमा संलग्न भएर कति जनाले आकर्षक उपहार पनि जितिसकेको र हेल्दी लाइफको सुरुवात पनि गरिसकेका छन् । स्वस्थ जीवनशैलीको महत्त्व र स्वस्थ रहनुको अठोटलाई रोमाञ्चक र प्रेरणादायी रूपमा प्रस्तुत गर्दै हाइलाइफको यो अभियान सिर्जनात्मक उदाहरण बन्न पुगेको कम्पनीको दावी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *