महाशिवरात्रिमा चन्द्रागिरि हिल्सले केबलकार टिकटमा ५० प्रतिशत छुट

काठमाडौं । काठमाडौंको थानकोटमा रहेको चन्द्रागिरि हिल्स लिमिटेडले महाशिवरात्रिको अवसरमा आयोजना हुने महाआरतीलाई लक्षित गर्दै केबलकार टिकटमा ५० प्रतिशत छुट दिने भएको छ । चन्द्रागिरि हिल्सका अनुसार महाआरतीका दिन साँझ ४ बजेदेखि ६ बजेसम्मको केबलकार टिकटमा उक्त छुट प्राप्त हुनेछ ।

यो वर्षको महाशिवरात्रि १४ फागुनमा परेको छ । हिल्सका अनुसार महाशिवरात्रिको पूरै दिन भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रम समेत सञ्चालन हुनेछ भने साँझ ५ बजेपछि विशेष महाआरती हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *