एभरेष्ट बैंकको कोशी प्रदेशका पूर्वी पहाडी जिल्लामा शाखा विस्तार

काठमाण्डौं । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा ग्राहकहरूको लागि अत्याधुनिक र विश्वासिलो बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यका साथ दुई नयाँ शाखा उद्घाटन गरेको छ। बैंकले फिदिम (पाँचथर) मा ८ गते १३०औं शाखा र फुङ्लिङ (ताप्लेजुङ) मा ९ गते १३१औं शाखा खोलेको छ। यससँगै, बैंकले पाँचथर र ताप्लेजुङ जिल्लाका नागरिकलाई सरल, सहज र प्रविधिमैत्री बैंकिङ सेवाहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। उद्घाटन समारोहमा बैंकका सञ्चालक किरण कुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा, कोशी प्रदेशका प्रमुख सुधीर गौतम लगायत स्थानीय नेतृत्वहरूको उपस्थिति रहेको थियो।

फिदिम र फुङ्लिङ शाखाको उद्घाटन कार्यक्रममा स्थानीय प्रशासन, नेपाल सरकारका प्रतिनिधि, बैंकका कर्मचारी र स्थानीयवासीहरूको उत्साहजनक सहभागिता देखिएको थियो। एभरेष्ट बैंकका शाखाहरूको उद्घाटनसँगै, स्थानीय उपभोक्ताले राष्ट्रिय स्तरको अत्याधुनिक बैंकिङ सेवाहरू प्राप्त गर्न थालेका छन्। बैंकले आगामी दिनमा अझ बढी स्थानमा शाखा विस्तार गर्ने योजना बनाएको छ, जसले वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा सेवा पुर्याउने लक्ष्य राखेको छ। पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारको रूपमा स्थापित एभरेष्ट बैंक हाल देशभर १३१ शाखा, ४ एक्सटेन्सन काउन्टर र १६७ एटिएममार्फत सेवा दिइरहेको छ। बैंकले मोबाइल, इन्टरनेट र क्यूआर कोड बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ भने नेपाल सरकारको राजस्व संकलनका लागि ३२ केन्द्रबाट सेवा दिइरहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *