च्याम्पियन्स ट्रफीमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाको भिडन्त
काठमाडौँ । जारी आसिसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुदै छ ।
पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुने छ ।जारी प्रतियोगितामा अस्ट्रेलिया र दक्षिण अफ्रिकाले आ-आफ्नो पहिलो खेल जितेका छन् । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गरेको थियो भने अस्ट्रेलियाले इङल्याण्डलाई पराजित गरेको थियो ।
आजको खेल दुवै देशका लागि महत्वपूर्ण रहेको छ । आजको खेल जित्ने देश सेमिफाइनलमा पुग्ने सम्भावना हुने छ ।