चट्ट परेका चट्याङ माष्टर कोमल मन सवको आधार,७२ ओैं बर्ष जन्म दिनको शुभकामना ।

चट्ट परेका चट्याङ माष्टर
हाँसि रहेका हेरन मुहार ।
नाम परेछ कृष्णमुरारी
थर रहेछ गौतम हरी ।१

उमेर गाको छैननि भन्छन
अझै जवानी बनी हिडछन् ।
कोट लगाउँछन जुङा पालि
न्याय दिनमा छैनन् जालि ।२

बुढो भएनि हेरन कस्ता
ज्युंका तिउँछन बीस वर्षे जस्ता ।
हिडि रहन्छन आफनै जोशमा
कमि छैन उनको होसमा ।३

भरखर उनी आधा उमेर झै
जहिले हेर्यो देख्छौं भरखर कै ।
छैन मनमा खोट उनको
मिठास बोलि भाव छ मनको ।४

निष्कपटज्ञान बहस पारेर
हिड्छन अघि पाईला सारेर ।
मनका भावले खोट लिदैनन्
प्यारो मान्छन चोट दिदैनन् ।५

तल्लिन हुन्छन सानाठुलामा
बिबेकतामा मायाँ अडाउँन ।
अर्ति दिन्छन हिम्मत बढाउन
जगाई लिन्छन माथि चढाउँन ।६

झुट्टा होईन साचों वोल्ने
कण्ठष्तले हृदय खोल्ने ।
भक्ति भाव सबमा दिने
न्याय भित्र सवदिन रहने ।७

हाम्रा दिव्य घटतै गयो
उनका दिव्य अगिबढ्यो ।
गरेनि काम जेष्ठमानको
न्याय ल्याए सब समानको ।८

सबले गुरु मान्दा रहेछन
कल्याणकारि ठान्दा रहेछन ।
हेला थियो बृद्धहरुको
लड्दै ल्याए बृद्ध न्यायको ।९

दिर्घायुहोस् तिम्रो जीवन
रोगको भारी बन्दै नबन ।
हृदय भाव सधै छर्नेछु
कोटि कोटि माया गर्नेछु,।१०

सेवा भावका मायाँ मिलाई
सत्यता तिमिले छोड्छौे दिलाई ।
जगमग गरि जग बसाले
मैहुं भन्ने नेता खसाले ।११

बृद्धहरुको आशिष लिए
न्याय रुपि भावना दिए ।
बृद्धाहरुको जय जयकार
गर्दै हिड्दा पाए पुरस्कार ।१२

हृदय रुपि मलाई लिन्छौ
हसि मुहारले माया दिन्छौ
कोटी कोटि मेरो भावना
तिमिमा सधै शुभकामना ।।१३

हृदय स्वच्छ राख्छौ भावना
जन्म दिनको शुभकामना ।
गर्यौ दुख सुख सामना
जन्म दिनको शुभकामना ।।१४

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *