जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक आजदेखि सुरु हुने भएको छ । बैठक बिहान ११ बजेबाट ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ ।
बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति, सरकारले ल्याएको अध्यादेश, विधेयकको चर्चा र पार्टीको सङ्गठनात्मक कार्य योजनालगायतका एजेन्डामा बैठक केन्द्रित हुने बस्नेतले बताए ।