हत्या आरोपीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

काठमाण्डौं । प्रहरीले हत्या आरोपीलाई नियन्त्रणमा लिन गोली चलाएको छ। आइतबार टोखामा गोली चलाएर हत्या आरोपीलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। दुई वर्षअघि गोठ्ठाटारमा लाल मोहम्मदमाथि गोली चलाउने सुटर गुड्डु पटेललाई काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर नियन्त्रणमा लिएको हो।

उनलाई निन्त्रणमा लिनका लागि गोली चलाउनुपरेको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए। उनी दुई वर्षअघि गोठ्ठाटारमा गोली हान्नेमध्ये एक हुन् । सर्लाही घर भएका व्यापारी लाल मोहम्मदको २०७९ असोज ३ गते साँझ गोली हानी हत्या भएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *