राजसंस्था पुनः स्थापनाको माग गर्दै राप्रपाको विशाल मोटरसाइकल र्याली
काठमाडौँ । राजसंस्था पुनः स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले विशाल मोटरसाइकल र्याली निकालेको छ ।
अध्यक्ष राजेन्द्र लिङदेनले र्यालीको नेतृत्व गरेका हुन् । राप्रपाले राजसंस्था पुनः स्थापना, प्रदेश खारेजी, हिन्दू राज्य र भ्रष्टाचार अन्त्यको माग गर्दै र्याली आयोजना गरेको हो । बबरमहलबाट निस्किएको र्याली दरबारमार्ग पुगेको थियो । दरबारमार्ग पुगेको र्याली नारायणहिटी दरबारको दक्षिण गेट अगाडि पुगेर सम्पन्न भएको थियो ।
अध्यक्ष राजेन्द्र लिङदेन राष्ट्रिय झण्डा ठड्याएको मोटरसाइकल आफैँले चलाएर दरबारमार्ग पुगेका थिए ।