बालकोट खानेपानी तथा सरसफाइ मुल उपभोक्ता समितिको बिशेष साधारणसभा
भक्तपुर । बालकोट खानेपानी तथा सरसफाइ मुल उपभोक्ता समितिको बिशेष साधारणसभा रामभक्तमाडि श्रेष्ठको सभापतित्वमा कार्यक्रम सञ्चालन भएको थियो। प्रमुख अतिथि बासुदेव थापा र अन्य उपस्थितिमा उप मेयर सरीता तिमल्सिना भट्टराई, २ नं वडा अध्यक्ष प्रदिप कार्की , ३ नं वडा अध्यक्ष दिपेन्द्र केसी ,र ३ नं वडा महिला सदस्य हेमा दाहाल लगायत अन्य जन प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा सल्लाहकार, बिधान मस्यौदा समितिका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा दुवै वडा २ र ३ मा खानेपानि उपभोग गर्ने (५५००) पाँच हजार पाँच सय भएता पनि उपस्थिति भने न्यून रुपमा (७०) सत्तरी जना जति मात्र रहेको पाईयो । यसले जनतालाई खबर नगरेको सहज अनुमान लगाउन सकिन्छ । समितिका सदस्य कमलनाथ आचार्यले स्वागत मन्तब्य दिनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सुर्यबिनायक नगरपालिका नगर प्रमुख वासुदेव थापावाट पानसमा बत्ती वालेर कार्यक्रम समुदघाटन गर्नु भएको थियो । नगर प्रमुख थापाले कार्यक्रममा भक्तपुरमा खानेपानिको अत्यन्त दुःख रहेकोले यस वडा नं २ र ३ मा पानिको ठुलो समस्या रहेकोले म लगायत यहाँहरु सबै मिलेर समाधान गर्ने तर्फ विशेष रुपमा पहल गरीएको कुरा म यहाँहरु सबैमा जानकारी गर्दछु । मैले स्वास्थ्य र खानेपानिका लागि बिशेष महत्व दिएर अगाढि बढेको कुरा यहाँहरु सबैमा जानकारी गर्दछु भन्नु भयो । अधुरा कामलाई पूरा गर्ने हाम्रो कर्तब्य पनि हो र पुरा पनि गर्ने नै छौ भन्नु भयो । त्यसैगरी ३ नं वडा अध्यक्ष दिपेन्द्र केसीले हामिले खानेपानि सम्वन्धि बिभिन्न किसिमले संझौता गरीएको कुरा पनि बताउनु भयो । जनताप्रति हामी पूर्ण रुपले उत्तर दायित्व रहेको कुरा व्यक्त गर्नु भयो । त्यसैगरि सल्लाहकार कबिर राणाले खानेपानिमा कसैले पनि राजनिति गर्नु हुदैन बताउनु भयो । त्यसैगरि पानिको श्रोत कमि भएकोले अहिलेको समयमा खानेपानि बितरणमा समस्या रहेकोले अब पानी खुवाउने समय नजिक आईसकेको छ भनी वडानं २ का अध्यक्ष प्रदिप कार्किले बताउनु भयो ।

वडा नं २ का अध्यक्ष कार्किले आजको विशेष साधारण सभा बहुमतले पारित हुनु पर्नेमा जनतालाई खवर नगरिदां उचित नभएको कुरा बताउनु भयो ।(५५००) पचपन्न सय घरधुरी उपभोक्ता छन् भने गणपुरक सङ्ख्याको आवश्यक छकि छैन यो पनि मनन गर्नै पर्छ । साथै बिधानका बिषयमा जनताले अध्ययन गर्नुपर्ने भएकोले बिधान पनि यसै प्रतिबेदनमा समाबेश भएको भए सबैबाट आ आफना धारणा सरल तवरले आउने मौका पाउने थियो भन्नु भयो । त्यसैगरी धेरै समयदेखि साधारणसभा तथा कुनैपनि अधिवेशन नहुनु प्रति यसै खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिका सचिव हरी शरणअधिकारीले क्षमा याचना ब्यक्त गर्नु भयो ।

सकारात्मक सोच होस भन्दै सुर्यबिनायक नगरपालिकका उपमेयर सरीता भट्टराईले आजको यो विशेष अधिबेशनलाई शुभकामना दिनु भयो । त्यसैगरि हामिले हर तवरले पानिका बिषयमा लागि परिरहेका छौ यसमा नीति नियमवाट हामिले चल्नु पर्छ भनी सकारात्मक सोच लिएर अगाडि बढ्नु पर्छ उपमेयर भट्टराईले बताउनु भयो । कार्यक्रम सञ्चालन कर्मचारी सह लेखापाल चाँदनी श्रेष्ठले गर्नु भएको थियो । आजका सभापति रामभक्तमाडि श्रेष्ठले धेरै दुख कष्ट गरेर खानेपानि यहासम्म ल्याउन सफल भएको कुराको जानकारी दिई कार्यक्रम सम्पन्न भएको थियो ।