एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्दा शुक्र हाउस अफ डाईग्नोस्टिक्स्मा विशेष छुट

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र बिगत २ वर्ष देखि आफ्नो सेवाग्राहीहरूको स्वास्थ्यलाई आफ्नो प्रथम प्राथमिकता दिदै आएको शुक्र हाउस अफ डाईग्नोस्टिक्स् एन्ड वेलनेस् सेन्टरबिच एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई विशेष छुट दिने सम्झौता भएको छ । एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि आफ्नो एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्नु पर्छ । ग्राहकहरूले त्यसरी एइक् मार्पmत भुक्तानी गर्दा इन हाउस रुटिन टेस्टमा २० प्रतिशत छुट, इन हाउस स्पेसियलाइजेसन् टेस्टहरूमा १५ प्रतिशत छुट, आउट सोर्स टेस्टहरूमा ५ प्रतिशत छुट, र एक्सरे, यु एस् जी , इ सी जी , र इको गर्दा १० प्रतिशत छुट पाउनु हुनेछ ।

यसका साथै एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई काठमाडौँ उपत्यका भित्र घरमै बसी बसी हुने चिकित्सक परामर्श सेवामा ५ प्रतिशत छुट, नर्सिङ्ग केयर सेवामा ५ प्रतिशत छुट, र नेपाल अधिराज्य भरि नै टेलिमेडिसीन् सेवा मा ५प्रतिशत छुट रहेको छ भने काठमाडौँ उपत्यका भित्र निःशुल्क होम कलेक्सनको पनि सुविधा रहेको छ । एससीटीको हाल सदस्यहरू ५ ’क’ वर्गका बैंक, ५ ’ख’ वर्गका बैंक, ११ ’ग’ वर्गका बैंक र १००+ सहकारी संस्थाहरू रहेका छन् । ग्राहकहरूको स्वास्थ्यलाई मध्यनजर राखेर एससीटी र शुक्र हाउस अफ डाईग्नोस्टिक्स् एन्ड वेलनेस् सेन्टरले ल्याएको यो अफरले माथि उल्लेखित बैंकहरूबाट एससीटी युपिआइ कार्ड लिनुभएका ग्राहकहरूलाई पूर्ण फाइदा लिन दुवै पक्षबाट प्रोत्साहित गरिएको छ । एससीटी–युपिआइ कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको एससीटीसँग आबद्ध बैंकमा गएर सजिलै एससीटी युपिआइ कार्ड लिन सक्नु हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *