मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आज सुनको मूल्य प्रति तोला पाँच सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार सुन एक लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ।

आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *