सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिजबीच सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिज लिमिटेड बीच ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउनका लागि सम्झौता भएको छ । यस सम्झौताले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण प्रविधिको सुदृढीकरण गरी नेपाल राष्ट्र बैंकका नियामकीय आवश्यकता अनुरूप वित्तीय अपराधको जोखिमलाई न्यूनीकरण गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास बैंकले लिएको छ ।

यस सोलुसनले सिद्धार्थ बैंकलाई कृत्रिम बौद्धिकता (एआई) र एन्टी मनी लाउन्डरिङ (एमएल) को प्रयोग गरी कारोबार अनुगमन, ठगी नियन्त्रन तथा ग्राहक पहिचान पद्धति अवलम्बन गर्न सक्षम बनाउनेछ । सिद्धार्थ बैंकले मनीपाल टेक्नोलोजिजसँगको सहकार्यमा एएमएल प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य लिएको छ । साथै यस पहलले बैंकिङ उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *