बिमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

काठमाडौं । सरकारले बिमा प्राधिकरणमा रिक्त महिला सञ्चालकमा राधा कुमारी पोखरेललाई नियुक्त गरेको छ । अर्थमन्त्रीस्तरीय निर्णय अनुसार पोखरेललाई आज (चैत १ गते) देखि लागू हुने गरी आगामी चार वर्षका लागि महिला सञ्चालकमा नियुक्त गरिएको हो । पोखरेल २ वर्ष अघि विशाल बजार कम्पनीको सञ्चालकमा नियुक्त भएकी थिइन् । २०७९ सालमा बिमा ऐन आएको थियो । बिमा ऐन २०७९ मा महिला सञ्चालक हुनुपर्ने व्यवस्था रहेको छ । उक्त व्यवस्था अहिलेसम्म पूर्ण कार्यान्वयमा आएको थिएन ।

अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पोखरेललाई सञ्चालकमा नियुक्त गरेसँगै ऐनले पूर्णता पाएको छ । ऐनअनुसार प्राधिकरण सञ्चालकमा अध्यक्ष र चार जना सञ्चालक हुनुपर्ने व्यवस्था छ । अर्थमन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सञ्चालकको रुपमा प्रतिनिधित्व गर्ने व्यवस्था ऐनमा छ । यस्तै २ सदस्यमा जीवन बीमा र निर्जीवन बिमा क्षेत्रबाट १,१ जना गरी दुई जना सञ्चालक नियुक्त गर्नुपर्ने छ । ५ सदस्य रहने प्राधिकरणको बोर्डमा एक जना महिला सञ्चालक अनिवार्य हुनुपर्ने व्यवस्था ऐनले गरेको छ । उनी नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष पनि हुन् । उनी लामो समयदेखि सेयर बजारमा लगानीकर्ताका रुपमा सकृय छिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *