नेपाल बैंकका कर्मचारी र ग्राहकलाई वात्सल्य नेचुरल आईभीएफमा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेचुरल आईभीएफ प्रालिबीच विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश कुमार अधिकारी र वात्सल्य नेचुरल आईभीएफको तर्फबाट डिजिटल तथा मिडिया प्रबन्ध नविन विष्टले हस्ताक्षर गरे ।

सो सम्झौताबमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र ग्राहकलाई प्याथोलोजी र औषधी सेवामा ५ देखि १५ प्रतिशतसम्म र आईभीएफ प्याकेजमा कर्मचारीलाई १५ हजार रुपैयाँ र नेपाल बैंक लिमिटेडका ग्राहकलाई १० हजार रुपैयाँसम्म छुट हुने भएकोे छ । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकले काठमाडौंस्थित नक्साल, भक्तपुर, ललितपुर, भरतपुर, नेपालगञ्ज, पोखरा र बुटवलमा अवस्थित वात्सल्य नेचुरल आईभीएफका अस्पताल र क्लिनिकहरूले प्रदान गर्ने उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्ने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *