सामूहिक सहकारीद्वारा कर्मचारीको क्षमता अभिवृद्धि तालिम सम्पन्न

भक्तपुर । सामूहिक बचत तथा ऋण सहकारी संस्थाले कर्मचारीको क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ । संस्थाको बुद्ध सदस्य सेवाकेन्द्रमा कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो। संस्थाका अध्यक्ष राजाभाई भेले र उपाध्यक्ष कृष्णहरि सैँजुद्धारा कार्यक्रमको औचित्य प्रस्तुत गर्दै सहकारीकर्मी अनिलवीर बज्राचार्यले कर्मचारी क्षमता अभिबृद्धि कार्यक्रममा सहजकर्ताको भुमिका निर्वाह गरेका थिए । कार्यक्रममा सहजकर्ताबाट सहकारीको परिचय, अवधारणा, सिद्धान्त, मूल्य मान्यता, जस्ता महत्वपूर्ण विषयमा प्रस्तुतीकरण सहित कर्मचारीहरुको क्षमता अभि वृद्धि तालिम प्रदान गरेका थिए ।

समीक्षात्मक रुपमा सहजकर्ता बज्राचार्यले कमी तथा कमजोरी हरेक व्यक्ति तथा संस्थामा हुने हुँदा त्यसलाई शून्यमा लान नसकिने र विस्तारै हटाउँदै र न्यूनीकरण गर्दै जानुपर्ने बताए । संस्थाका उपाध्यक्ष सैजुले कुनै पनि संस्थामा कार्य गर्ने कर्मचारीमा एकरुपता भएमात्र संस्थाको लक्ष्य हासिल गर्न सहज हुने बताए । साथै कुनै पनि तालिम कार्यक्रमबाट सिकेको कुराहरु कापीमा उतार्नेमात्र नभई एक आपसमा साटासाट गर्नुपर्ने र जीवनमा पनि लागु गर्नुपर्नेमा जोड दिए । अध्यक्ष राजाभाई भेलेबाट पनि प्रत्यकक कर्मचारीले आफ्नो काम , कर्तव्य र औचित्यमाथि प्रष्ट हुनुपर्ने बताउँदै प्रत्येक दिन संस्थामा आइपर्ने काम , समस्या, समाधानका उपाय, अवको योजनामा छोटकरीमा समीक्षा गर्दै सबैजान जागरुक भर्ए कार्य थालनी गर्नुपर्ने उल्लेख गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *