पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थीत बनाउन लागिएको हो- गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थीत बनाउन कानून बनाउन लागिएको जानकारी दिएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री लेखकले हाल सरकारको निर्णयका आधारमा पूर्वविशिष्टलाई सेवा सुविधा दिइदै आएकोमा अव त्यसलाई व्यवस्थीत बनाउन कानून बनाउन लागिएको जानकारी दिए । सरकारले दिने सुविधानमा बैधानिक मापदण्ड नभएकाले कानून बनाउन खोजिएको उनले बताए । उनले पूर्वविशिष्टलाई दिने सेवा सुविधा दिदा राज्यलाई अनावश्यक आर्थिक दायित्व नपरोस् भन्नेमा सरकार सचेत रहेको जिकिर गरे ।

मन्त्री लेखकले पूर्वविशिष्टलाई दिने सेवा सुविधासम्बन्धी कानून सदनमा प्रस्तुत हुने भएकाले सुविधा बढाउने वा घटाउने भन्ने बिषय सरकारको नभइ संसदको बिषय हुने बताए । मन्त्रिपरिषदको २०८१ पुष ९ गतेको बैठकबाट पूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी विधेयकलाई प्रारम्भीक स्वीकृति प्राप्त भएपछि विधेयक तर्जुकाका लागि काम सुरु भइसकेको उनले जानकारी दिए ।

त्यस्तै उनले पाथिभरा केवलकारका बिषयमा देखिएका विवादका बारेमा सरकार गम्भीर रहेको भन्दै आन्दोलनकारीलाई पुनः वार्तामा बोलाइएको जानकारी दिए । आयोजनाको सुरक्षाका लागि आवश्यक सुरक्षा व्यवस्था समेत मिलाएको उनको भनाई छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *