विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुखमा भट्ट

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेश भट्ट नियुक्त भएका छन् । सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बैतडीका भट्टलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । कार्यकारी प्रमुख सिफारिसका लागि गठित समितिले भट्टका साथै सुमनकुमार कर्ण र मन्दीप सुवेदीको नाम सिफारिस गरेको थियो। वातावरण तथा जलवायु परिवर्तनविज्ञ भट्टले विभिन्न इन्जिनियरिङ क्याम्पसहरूमा २० वर्ष प्राध्यापन गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *