क्रेष्ट माइक्रो लाइफको आईपीओ बाँडफाँट

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका अनुसार आज कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओमा कुल १९ लाख ६५ हजार ८११ जनाले २ करोड २७ लाख ३९ हजार ६५० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये १० हजार १२६ आवेदन रद्द भएको छ भने बाँकी १९ लाख ५५ हजार ६८५ आवेदन सदर भएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिमार्फत बाँडफाँट गरिएको छ ।

उक्त विधिअनुसार १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । साथै, बाँकी आवेदकको हात रित्तो भएको छ । कम्पनीले फागुन २२ गतेदेखि फागुन २६ गतेसम्म १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको थियो । साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता, कम्पनीका कर्मचारीलाई ६७ हजार ५ सय कित्ता र सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५ सय कित्ता सेयर बिक्री गरि बाँडफाँट गरिसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *