श्रीमतीको जन्मदिनमा सिटिजन लाइफको जीवन सारथी बीमा उपहार

काठमाडौं । पछिल्लो समय जन्मदिनमा परम्परागत उपहारहरूभन्दा भिन्न र दीर्घकालीन वित्तीय सुरक्षा सम्बन्धी उपहार दिने प्रवृत्ति बढ्दै गएको छ। जसमा पनि जीवन बीमा पोलिसी जस्ता दीर्घकालीन सुरक्षाका माध्यमहरू उपहारको रूपमा लोकप्रिय बन्दै गइरहेका छन्। यही क्रममा बीरेन्द्रनगर नगरपालिका–९ निवासी दिनेश पोखरेलले आफ्नी श्रीमती सुशीला न्यौपानेको ३५औं जन्मदिनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी, बीरेन्द्रनगर शाखाबाट १५ लाख रुपैयाँको जीवन बीमा पोलिसी उपहार दिएका छन्।

पोखरेलले बीमाङ्क रकम र बोनस प्राप्त भएपछि समेत बीमा निरन्तर कायम रहने र बीमित ७० वर्ष पुगेपछि पनि पाँच–पाँच वर्षको अन्तरालमा बीमाङ्कको २० प्रतिशत रकम पेन्सनजस्तै गरी प्राप्त गर्न सकिने भएकाले उक्त योजना छनौट गरेको बताए। उनले यो उपहारले भविष्यमा आर्थिक सुरक्षाको ग्यारेन्टी गर्ने र सन्तानले नहेरे पनि यो बीमालेखले हेर्ने भएकाले महत्त्वपूर्ण हुने बताए। कार्यक्रममा कर्णाली प्रदेश प्रमुख मुरली भण्डारीले यस्तो दीर्घकालीन सोचले भरिएको उपहार दिनु प्रेरणादायी रहेको भन्दै श्रीमानले श्रीमतीप्रति देखाएको माया, ममता र भविष्य सुरक्षाको योजनाका लागि पोखरेललाई बधाई दिए। साथै उनले अनावश्यक खर्चको साटो वित्तीय सुरक्षासम्बन्धी उपहार दिनुपर्नेमा जोड दिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *