ग्लोबल मनी वीकको अवसरमा मन्जुश्री फाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौं । मन्जुश्री फाइनान्स लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशभरि विभिन्न ठाउँमा रहेका आफ्ना २८ शाखा कार्यालयहरु मार्फत करिब १ हजार भन्दा बढी युवा, विद्यार्थी तथा कर्मचारी माझ वित्तीय चेतना अभिवृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ। हरेक वर्ष मार्च महिनाको दोस्रो सातामा मनाइने ग्लोबल मनी वीकमा फाइनान्सले चैत ४ देखि १० गतेसम्म साताव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको हो।

फाइनान्सले विभिन्न स्कुल तथा कलेजका विद्यार्थी, कर्मचारी, गृहिणी कृषक तथा आम जनमानसहरुको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरुबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम संचालन गरेको छ। अभियान अन्तर्गत फाइनान्सले बैंक तथा बित्तिय संस्थासंग कारोबार गर्दाका फाइदाहरु, डिजिटल बैंकिङ, क्यूआर, स्मार्ट बैंकिङ, पिन तथा पार्सवर्ड सुरक्षा, ओटिपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोग सम्बन्धी सचेतना कार्यक्रम संचालन गरेको छ। साथै फाइनान्सले विभिन्न शाखा कार्यालयहरु मार्फत वित्तीय सचेतनामूलक अन्तरक्रिया कार्यक्रम का साथ साथै प्रभात फेरीको आयोजना गरेको हो । नेपाल राष्ट्र बैंकद्वारा आयोजित प्रभातफेरीमा समेत आफ्ना शाखाहरुलाइ सम्मिलित गराएको साथै सामाजिक संजालबाट चेतनामूलक संदेश समेत प्रसारण गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *