‘राजा आऊ बेस्सरी पाइप तानेर जाऊ ! नेता आऊ रास रास ढुङ्गा बोकेर जाऊ !’

काठमाडौँ । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले राजावादी र गणतन्त्रवादीहरुलाई पाइप तान्न आउ भन्दै कटाक्ष गरेका छन् । 

सामाजिक सञ्जालमा टिप्पणी गर्दै मेयर साम्पाङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धरान आएर पाइप तान्न भनेका छन् । उनले लेखेका छन्- ‘राजा आऊ बेस्सरी पाइप तानेर जाऊ !’ उनले नेताहरूले ढुङ्गा बोक्न भनेका छन् । मेयर साम्पाङले पूर्वराजा र नेताहरूलाई काम चाहिं गर्नु छैन भन्दै व्यंग्य समेत गरेका छन् । 

उनले लेखेका छन्-

राजा आऊ बेस्सरी पाइप तानेर जाऊ ! नेता आऊ रास रास ढुङ्गा बोकेर जाऊ ! काम चाहिँ गर्नु छैन… बात कर्ता है !

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *