बैंक तथा वित्तीय संस्थाले भन्दा बढी योगदान सहकारीले गरेको छ : मेयर शाक्य

काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्यले बैंक तथा वित्तीय संस्थाले भन्दा सहकारीले समाजमा बढि योगदान गरेको बताएका छन् । उनले सामान्य जनताको आर्थिक सामाजिक रुपान्तरणमा सहकारीले खेलेको भूमिका महत्वपूर्ण भएको जनाएका हुन्र । मेयर शाक्यले समाजमा सहकारीको विकल्प नभएको भन्दै वित्तीय कारोबार गर्ने संस्था भएकाले सुरक्षित रुपमा सञ्चालन गर्न आग्रह गरे । उनले भविष्यमा समेत सहकारीको आवश्यक पर्ने हुँदा सञ्चालकहरु मर्यादित र अनुशासित भएर संस्था सञ्चालन गर्नुपर्नेमा जोड दिए । सहकारीको हित र प्रवर्धनका लागि नगरपालिकाले काम गरिरहेको उनले बताए । बनेपामा रहेका केही सहकारी संस्थाले सदस्यको बचत दुरुपयोग गरेको उनको भनाई छ ।

नगरपालिका मातहत २ सय २० सहकारी संस्था रहे पनि १ सय ३५ संंस्था मात्र सम्पर्कमा आएको र तीमध्ये १ सय ४ संस्थाले नियमित रुपमा वित्तीय विवरण अध्यावधिक गरेको उनले जनाए । कतिपय सहकारीको साइन बोर्ड टाँगिएको भए पनि सञ्चालक कहाँ छन् भनेर थाहा नभएको शाक्यको भनाई छ। बनेपा नगरपालिका मातहतका २२ सहकारी संस्थामा समस्या रहेको र बचतकर्ताहरुले बचत फिर्ता नपाएको गुनासो गरिराखेको उनले बताए । कतिपय संस्थाले सदस्यको बचत डुबाउन लागेका छन् भन्ने सूचना पाएपछि नगरपालिकाले ती संस्थाका सञ्चालक र कर्मचारीको सम्पत्ति रोक्का राखेको उनले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *