रवीन्द्र र धवलसहित ४१ जनालाई ६ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप

काठमाडौं । राजावादी आन्दोलनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ परेका ४१ जनालाई दोस्रो पटक म्याद थप भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ४१ जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि बुधबार उपस्थित गराइएको थियो । उनीहरूलाई थप ६ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप भएको अदालत स्रोतले जानकारी दियो ।

आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलोपटक आइतबार पाँच दिनको म्याद थप भएको थियो । उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । पाँच दिनको म्याद मंगलबार सकिएकाले उनीहरुलाई आज दोस्रो पटक म्याद थप गर्न लगिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *