नेपाली बजारमा सुनको मूल्य बढ्यो, १ लाख ८० हजार तीन सय रुपैयाँमा कारोबार
काठमाडौँ । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ । सुनको मूल्य बढेसँगै आज सुनले नयाँ किर्तिमान समेत बनाएको छ ।
आज सुन तोलामा एक हजार २ सयले बढेर १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य तोलामा १ लाख ७९ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।