दिपलको पहिलो वर्ष,उल्लेखनीय उपलब्धि

काठमाडौं । नेपालको नेतृत्वदायी लक्जरी ईभी ब्रान्ड दिपलले आफ्नो पहिलो वर्ष उल्लेखनीय उपलब्धि र महत्त्वपूर्ण कोसेढुंगा हासिल गरेर मनाएको छ । नेपालमा सार्वजनिक गरेको एक वर्षमै दिपलले आठ सयभन्दा बढी ग्राहकको मन र विश्वास जितेर आफूलाई नेपालको १ नं लक्जरी ईभी ब्रान्डका रूपमा स्थापना गर्न सफल भएको कम्पनीको दाबी छ । ग्राहकहरूको बेजोड साथ र सहयोगबाट एमएडब्लू वृद्धि अटोकर्पले दिपललाई ‘इलेक्ट्रिक मोबिलिटी र इनोभेसनमा आफूलाई स्थापित गरेको हो । पहिलो वर्ष कम्पनीले दिपल एस०७, दिपल एल०७, दिपल एस०७ एल र दिपल ई०७ गरी चार प्राविधिक रूपमा उच्च कोटीको ईभी मोडेल सार्वजनिक गरेको छ । यी ईभीमा उपलब्ध ‘जेस्चर कन्ट्रोल, ‘एआर–एचयूडी, ‘सनफ्लावर टचस्क्रिन’जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री–फर्स्ट फिचरको माध्यमबाट दिपलले ईभीबाट ग्राहकले गर्ने अपेक्षालाई पुनर्परिभार्षित गरेको छ । एमएडब्लू वृद्धिले हाल नेपालका ९६ भन्दा बढी स्थानमा चार्जिङ स्टेसन सञ्चालन गर्दै आएको छ, जुन नेपालकै सबैभन्दा ठूलो सञ्जाल हो । यस अवधिमा दिपलले नेपालका लोकप्रिय क्रिकेट आइकन तथा पूर्वकप्तान पारस खड्कालाई आफ्नो आधिकारिक ‘ब्रान्ड एम्बास्डर बनाएको छ भने नीति शाह, सन्दीप क्षेत्री, प्रतीश जिसी, सुशान्त केसी, श्वेता खड्का, जोन चाम्लिङ राईजस्ता देशका ३० भन्दा बढी चर्चित सेलिब्रिटी र खेलाडीले दिपललाई आफ्नो यात्राको साथी बनाएका छन् ।

साथै, दिपलले क्रिकेट लेजेन्ड ब्रायन लारा र बलिउड गायक सोनु निगमजस्ता हस्तीलाई पनि नेपालमा ल्याएर ब्रान्डको उपस्थितिलाई माथि पुर्‍याउनुका साथै नेपाल पनि अन्तर्राष्ट्रिय सहकार्यका लागि गन्तव्य हुन सक्छ भन्ने देखाएको छ । सार्वजनिक भएको पहिलो वर्षमा एमएडब्लू वृद्धिले चांगान अटोबाट नेपालमा ‘ईभी इनोभेसनमार्फत ‘ग्रिन मोबिलिटीमा योगदान पुर्‍याएको भन्दै ‘सांग्रिला न्यु इनर्जी अवार्ड‘ पाएको थियो । यसबाहेक ‘टेकलेखले दिपल एस०७ लाई ‘एसयुभी अफ द इयर २०२४ बाट सम्मान गरेको थियो । दोस्रो वर्षमा प्रवेश गरिरहँदा दिपलले ब्रान्ड अझै धेरै ग्राहक, प्रविधि र नेपाललाई दीर्घकालीन तथा उत्साहजनक इलेक्ट्रिक भविष्यतिर डोर्‍याउन प्रतिबद्धता जाहेर गरेको छ । साथै, आफ्नो विश्वास, उत्साह र सहयोगमार्फत अद्वितीय दिपलको पहिलो वर्षलाई अद्वितीय बनाउन योगदान पुर्‍याउने सबै ग्राहक, डिलर, मिडिया, इन्फ्लुएन्सर र टिमप्रति दिपलले आभार प्रकट गरेकबो छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *