माओवादी केन्द्रप्रति जनताको भरोसा बढ्दै गएको प्रचण्डको दाबी

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय जनताले माओवादी केन्द्रप्रति विश्वास गरेको बताएका छन्।

सोमबार साँझ नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोटमा आयोजित ‘जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान’ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले झापादेखि नवलपुरसम्म आइपुग्दा माओवादी केन्द्रप्रति जनताको भरोसा बढेको महसुस भएको बताए। उनले अहिले देशको राजनीति असहज अवस्थामा रहेकाले यसलाई सहज बनाउन धेरै खबरदारी अभियान चलाइएको उल्लेख गरे।

माओवादी केन्द्रले झापाबाट सुरु गरेको यो अभियान कञ्चनपुरसम्म पुग्ने र हालसम्म लाखौं जनताको सहभागिता रहेको उनको भनाइ छ । ‘अभियानका क्रममा मैले सहिद, बेपत्ता, योद्धा परिवार, गरिब, मजदुर र किसानका कुरा नजिकबाट सुन्ने मौका पाएको छु,’ उनले भने, ‘यस अवसरमा आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम र थारु समुदायको अहिलेको चाहना र आवश्यकतालाई नजिकबाट बुझ्ने प्रयास गरेको छु।’

जनताकै घरमा बसेर उनीहरूकै मुखबाट कुरा सुन्ने प्रयास गर्दा माओवादी केन्द्र राष्ट्रप्रति गम्भीर, जनताप्रति इमानदार, परिवर्तनप्रति संवेदनशील र सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धिप्रति समर्पित पार्टी हो भन्ने कुरा जनताले बुझ्ने अवसर पाएको उनको भनाइ छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *