धनगढीलाई धक्का, १० खेलाडीको ललितपुर फाइनलमा
काठमाडौं । ललितपुर सिटी एफसीका दुई विदेशी खेलाडी केरभेन्स बेलफोर्ट र पापा इबोउ केबेको सानदार गोलमा नेपाल सुपर लिग २०२५ को फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिवार भएको पहिलो क्वालिफायरमा साविक उपविजेता धनगढी एफसीलाई २–१ ले पराजित गर्दै १० खेलाडीमा सिमित रहेको ललितपुर फाइनल पुगेको हो । खेलको १६औं मिनेटमै मणि कुमार लामाले नाटकिय रुपमा रातो कार्ड सामना गरेपछि १० खेलाडीमा समेटिएको ललितपुरले एक खेलाडी कम हुनका बावजुत पनि उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो । ललितपुरले ८५ मिनेट भन्दा बढी समय १० खेलाडीमा रहेर खेलेको थियो । रेफ्री उमेश बिडारीले मणिलाई रातो कार्ड देखाउने निर्णयलाई ललितपुरले दुई सानदार गोलबाट जवाफ दियो । धनगढीले भने एक खेलाडी कम भएको अवसरको फाइदा उठाउन सकेन । ललितपुरले अब बैशाख १३ गते उपाधिका लागि दोस्रो क्वालिफायरको विजेतासँग फाइनल खेल्नेछ । पराजित धनगढीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । पोखरा थण्डर्स र चितवनबीच आइतबार एलिमनेटर हुनेछ । त्यस खेलको विजेतासँग धनगढीले बैशाख १० गते खेल्नेछ । खेलमा एक खेलाडी कम भए पनि ललितपुरले पहिले अग्रता लिएको छ । केरभेन्स बेलफोर्टले ५७औं मिनेटमा फ्रिकिकमा सिधै गोल गर्दै साविक विजेतालाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि नै धनगढीले बराबरी गोल फर्कायो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेलगत्तै धनगढीका जर्ज प्रिन्स कार्कीले गोल गरे । सर्जियो बार्बोजाले हानेको कर्नरमा कप्तान देवेन्द्र तामाङले हेड गरेका थिए ।
ललितपुरका कप्तान अनन्तले त्यसलाई क्लियर गर्ने क्रममा बल जर्ज प्रिन्सले भेट्टाए । उनले सिक्स यार्ड बक्सबाट उत्कृष्ट फिनिस गरे । त्यसपछि धनगढीले लगातार आक्रमण गरेपनि एक खेलाडी कम भएको फाइदा उठाउन सकेन । उल्दै ललितपुरले फेरि अग्रता लियो । पापा इबोउ केकेबेले ७९औं मिनेटमा सानदार गोल गर्दै ललितपुरलाई २–१ को अग्रता दिलाए । केबेले मैदानको मध्यभागमा प्राप्त बललाई अघि बढाउादै धनगढीका कप्तान देवेन्द्र तामाङलाई छलाएर दुई डिफेण्डरको बिचबाट हानेको प्रहार सुनरद गोलमा परिणत भयो । धनगढीका किपरले रोक्ने कुनै अवसर पाएनन् । त्यसअघि पहिलो हाफको सुरुमै मणि कुमार लामाले रातो कार्ड पाएपछि ललितपुर १० खेलाडीमा सिमित भएको थियो । एअर बल हान्ने क्रममा धनगढीका मोहमम्द अल जाउएनीले ललितपुरका मणि कुमार लामालाई खुट्टाले छातिमा हानेका थिए लडेपछि मणिको खुट्टाले मोहम्मदलाई छातीमा लागेको देखिएको थिए । रेफ्री उमेश बिडारीले फोर्थ अफिसियल श्याम दनुवारसँग सल्लाह गरेपछि मणिलाई सिधै रातो कार्ड देखाए । मोहम्मद मैदानमा लडिरहेका छन् । उनलाई पहेँलो कार्ड देखाउने तयारी भइरहेको छ । ललितपुरका खेलाडी तथा बेन्च रेफ्रीसँग प्रतिवाद गरेपनि बिडारी निर्णय परिवर्तन गरेनन् ।