विकास बैंकहरूको नाफामा ४.३५ प्रतिशत वृद्धि

काठमाडौँ । राष्ट्रियस्तरका ८ विकास बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ यस्तो नाफा कमाएका छन् । अपरिष्कृत वित्तीय विवरण अनुसारको यो नाफा गत आर्थिक वर्षको चैत मसान्तसम्मको तुलनामा ४.३५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । चैतसम्म गरिमा विकास बैंकले सबैभन्दा बढी नाफा आर्जन गरेको छ । यस अवधिमा बैंकले ७३ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३२ प्रतिशत बढी हो । चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा मुक्तिनाथ विकास बैंकले ७२ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको खुद नाफा समीक्षा अवधिमा १६.८६ प्रतिशत घटेको हो । ज्योति विकास बैंकले तेस्रो त्रैमाससम्ममा ३० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा १५ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकको नाफा १०१.१४ प्रतिशत बढेको हो ।

ज्योति विकास बैंकको नाफा विकास बैंकहरुमा सबैभन्दा बढी हो । राष्ट्रियस्तरका विकास बैंकहरुमध्ये समीक्षा अवधिमा तीन विकास बैंकहरु लुम्बिनी विकास बैंक, मुक्तिनाथ विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खुद नाफा घटेको छ । जसमध्ये लुम्बिनी विकास बैंकको खुद नाफा सर्वाधिक ८५.४५ प्रतिशत घटेको छ । यस्तै मुक्तिनाथ विकास बैंकको १६.८६ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ०.१३ प्रतिशतले घटेको छ । राष्ट्रियस्तरका ८ विकास बैंकहरुमध्ये लुम्बिनी विकास बैंकको ४ करोड ९७ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो बैंकको नाफा सबैभन्दा कम हो । यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ६१.१९ प्रतिशतले बढेर ४३ करोड ४२ लाख १८ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा कामना सेवा विकास बैंकको नाफा पनि ४८.८३ प्रतिशतले बढेर ४९ करोड ३४ लाख ३१ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्ममा महालक्ष्मी विकास बैंकको नाफा १६.८७ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले ४३ करोड ६५ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । यसैगरी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५१ करोड ४० लाख १४ लाख रुपैयाँ नाफा कमाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *