प्रभु इन्स्योरेन्सले माग्यो कर्मचारी
काठमाण्डौं । प्रभु इन्स्योरेन्समा रोजगारीको अवसर खुलेको छ। कम्पनीले दुई जना चार्टर्ड एकाउन्टेन्ट र केही संख्यामा अफिसर माग गरेको हो। इच्छुक चार्टर्ड एकाउन्टेन्टले मान्यता प्राप्त शैक्षिक संस्थाबाट सिए उत्तीर्ण गरेको हुनुपर्छ।
बीमा क्षेत्रमा अनुभव भएकोलाई प्राथमिकता दिइनेछ। यस्तै, अफिसरले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ। बीमा मार्केटिङमा अनुभव भएकालाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ। इच्छुकले वैशाख २३ गतेसम्म आवेदन दिन सक्नेछन्।