प्रमुख दलका सचेतकलाई सभामुखले बोलाए छलफलमा

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् । आसन्न बजेट अधिवेशन तयारी, संसद् बैठकको कार्यतालिका लगायतका विषयमा छलफल गर्न प्रमुख सचेतकहरूलाई छलफलका लागि बुधबार ११ बजे सिंहदरबारमा बोलाएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १२ देखि सुरु हुने गरी बजेट अधिवेशन आह्वान गरिसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *