फिल्म ‘बिगुल’ को शुभ मुहूर्त  

काठमाडौं । फिल्म ‘बिगुल’ को अक्षय तृतियाको शुभ अवसर पारि बुधबार कोटेश्वर महादेवस्थानमा शुभु मुहूर्त गरिएको छ ।

रमेश कोइरालाको निर्देशनमा बैशाख तेश्रो साताबाट छायांकन सुरु गरिने ‘बिगुल’ को मुहूर्त सटमा अभिनेता नरेन खड्का र अभिनेत्री बेनिशा हमालले अभिनय गरेका थिए । समाजीक जागरण,समसामयिक राजनीति,आमनागरिकको कर्तब्य र जिम्मेवारी बोधका साथमा प्रचुर मनोरञ्जनले भरिने बताइएको ‘बिगुल’ को मुहुर्त सटमा नेपाल सांस्कृतिक महासंघ बागमति प्रदेश संयोजक राजेन्द्र केसीले क्यामेरा स्वीच अन गरेका थिए भने निर्देशक प्रदिप श्रेष्ठले क्ल्याप हानेका थिए ।

चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले निर्देशन गरेको मुहूर्तमा निर्देशक सुचित्रा श्रेष्ठले नरिवल फोडेकी थिइन् । अभिनेता नरेनले समाज जागरणको बिगुल स्वरुपको संवाद बोलेका थिए भने संवादसँगै अभिनेत्री बेनीशाले स्वतन्त्रता र शान्तिको प्रतिक स्वरुप एक जोडी परेवा उडाइएकी थिइन ।

बैशाख तेश्रो साताबाट चितवनबाट सुटिङ सुरु गरिने फिल्मका गीतमा नेपाली काग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत छ । कविराज गहतराजको कोरियोग्राफी रहने फिल्मको निर्माण ब्यबस्थापकमा श्याम केसी छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *